पोखरामा ११ जना कोरोना संक्रमितको मृत्‍यु

  • ख-
  • ख+

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं.१७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५ः३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएका रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं.८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११ः३० बजे मृत्‍यु भएको छ ।

यस्तै स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ३की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्‍यु भएको छ । उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा महानगरपालिका वडा नं. २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६ः२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका वडा नं. २७ का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ८ः३० बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पोखरा महानगर(१९का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो १स् छद्ध बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका वडा नं. ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वैशाख २५ गते राति ९ः ०५ बजे मृत्‍यु भएको छ। उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।

यस्तै म्‍याग्दी, मालिका गाउँपालिका वडा नं. ५ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ ६ः १५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५ः५ बजे मृत्यु भएको हो। उनलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो साथै कोभिड निमोनियाको पनि समस्या देखिएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?