गण्डकी प्रदेशमा सरकार निर्माणको अन्योलता कायमै

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा सरकार मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंको राजिनामा पश्चात नयाँ सरकार निर्माणमा अन्योलता देखिएको छ । ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाको मत सरकार निर्माणमा निर्णायक हुने र उक्त दलका सांसदहरु अनिर्णीत बन्दा गण्डकी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्योल कायमै रहेको छ । आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुगंले राजीनामा दिनुभएपश्चात प्रदेश प्रमुख सीताकुमारी पौडेलले दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिनुभएको थियो ।

उक्त पार्टीको गण्डकी संसदीय दलकी सचेतक पियारी थापाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउन सोमबार ह्वीप जारी गर्नुभएको छ भने संसदीय दलका नेता कृष्ण थापाले निर्णय गरिसक्नुभएको छैन उहाँले आफ्नो पार्टीले अविश्वासको पक्षमा मतदान गर्ने भनेको तर कांग्रेसको सरकारको पक्षमा मतदान गर्ने नभनेको बताउनुभएको छ ।

अहिले राष्ट्रिय जनमोर्चाका तीन सांसदलाई आफ्नो पक्षमा ल्याउन सत्तारूढ एमाले र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन कसरतमा छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले पछिल्लो विकसित राजनीतिक घटनाक्रममा भने ठोस निर्णय लिएको छैन । पार्टीको निर्णय स्पष्ट भए पनि व्यक्तिको निर्णय दोधारे देखिएको छ ।

गण्डकी प्रदेशसभामा एमालेका २८, माओवादीका १२, कांग्रेसका १५, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?