पुराना कम्युनिष्ट नेता मोहन विक्रम सिंह कोरोनाबाट संक्रमित

  • ख-
  • ख+

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा बस्नुभएको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताउनुभएको छ। लामो समयदेखि ज्वरो आएपछि पीसीआर परिक्षण गराउदा वैशाख २६ गते उहाँमा कोरो पुष्टि भएको थियो ।
परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा उपचाररत सिंहको स्वास्थ्य सुधारोन्मुख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?