पोखरामा एकैदिनमा ११ जना कोरोना संक्रमितहरुको मृत्यु

  • ख-
  • ख+

पोखरा । पोखराको अस्पतालहरुमा उपचाररत १० जना र १ जनाको होमआइसोलेसनमा गरी थप ११ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ ।

बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ६ की ३२ वर्षीय महिलाको हिजो राति गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १७ का ८४ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. ९ का ५२ वर्षीया महिलाको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वडा नं. १ का ६८ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा निधन भएको छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १ का ५७ वर्षीया महिलाको हिजो बिहान पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १६ का ६० वर्षीया महिलाको हिजो दिउसो पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २१ का ८० वर्षीया पुरुषको हिजो राति होमआइसोलेसनमा निधन भएको छ । उहाँलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ का ६५ वर्षीय पुरुषको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ६ का ५२ वर्षीया पुरुषको हिजो राति फिस्टेल अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देही जिल्लाको बुटवल नगरपालिका वडा नं. ११ का ५५ वर्षीया महिलाको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ६ का ५२ वर्षीया पुरुषको हिजो राति फिस्टेल अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएका रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ का ४० वर्षीया पुरुषको आज बिहान चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको छ ।

थप ११ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २८७ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?