तनहूँ । तनहूँ जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरु थपिनेक्रम बढ्दो रहेको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मंगलवार तनहूँमा कोरोना संक्रमितहरु थप भएका छन् । पोखराका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणहरुमा तनहूँका व्यास, शुक्ला, भानु, नगरपालिका र म्याग्दे, बन्दिपुर , घिरिगं गाउँपालिकामा संक्रमितहरु भेटिएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार व्यास नगरपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ४४ जना, भानु नगरपालिकामा १ जना बन्दिपुर गाउँपालिकामा ५ जना, म्याग्दे गाउँपालिकामा १ जना , घिरिगं गाउँपालिकामा १ जना कोरोना संक्रमित भेएिको छ त्यसैगरि आज तनहूँका १ जना कोरोना संक्रािमतको उपचारका क्रममा मृत्यु भएको छ ।








