काठमाडौँ — वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएर केहि दिन होम आईसोलेशनमा बस्नुभएको थियो । होम आईसोलेशनमा बस्दा स्वास्थ्य अवस्थामा सुधार नभएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उपचारका क्रममा रहेका चौलागाईको मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।
दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्य नेता चौलागाई एमालेका पोलिटब्युरो सदस्यसम्म पनि हुनुहुन्थ्यो ।
२०५६ सालको निर्वाचनमा दोलखा क्षेत्र नं.१, २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट निर्वाचित हुनुभएका चौलागाई प्रदेशको चुनावपछि वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो ।








