पोखरा । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफुलाई मुख्यमन्त्री दावी गर्दै प्रदेश प्रमुखलाई पत्र पठाए पश्चात राष्ट्रिय जनमोर्चाका सांसदद्धय कृष्ण बहादुर थापा र खिमबिक्रम शाहीले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।
केहि समय अगाडि संसदिय दलको नेताबाट हटाईएका थापाले ” आफु पार्टीको कामको सिलसिलामा वाग्लुगंमा भएकोमा गैर संवैधानिक , गैर कानुनी रुपमा किर्ते जालसाजी गरि कारवाही गर्ने एवं दलको नेताबाट वैधानिकता नदिनुहुन अनुरोध गर्दछु ” भन्नुभएको छ साथै अन्तमा थापाले ” म हाल सरकार निर्माणको विषयमा कुनै गठवन्धनमा नलागि तटस्थ रहेको व्यहोरा अनुरोध गर्दछु” भन्नुभएको छ ।
त्यसैगरि अर्का सांसद खिम बिक्रम शाहीले पनि विज्ञप्ति निकाल्दै ” नेपाली कांग्रेसको गठबन्धनको सरकार निर्माणमा आफ्नो हस्ताक्षर छ भनि झुटो हल्ला फैलाएको र म हाल सरकार निर्माणको विषयमा कुनै गठवन्धनमा नलागि तटस्थ रहेको व्यहोरा अनुरोध गर्दछु’‘ भन्नुभएको छ ।









