जनताको स्वास्थ्यलाई ख्याल गर्न र कालोबजारीलाई कारवाही गर्न प्रजिअ राजेन्द्रदेव पाण्डेद्धारा निर्देशन

  • ख-
  • ख+

बैतडी । बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले स्थानिय तहका पदाधिकारीहरुसंग भर्चुअल बैठक गर्नुभएको छ। जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र (डिसिसिएमसि) का संयोजक समेत रहेका प्रजिअ पाण्डेले नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा यसको रोकथाम तथा उपचारका बिषयमा छलफल गर्न भर्चुअल बैठक गर्नुभएको हो । बैठकमा स्थानिय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, पालिकाका स्वास्थ्य संयोजक र सञ्चारकर्मीहरु सहभागी हुनुहुन्थ्यो ।

स्थानिय तहका जनप्रतिनिधिहरुले कोभिडको रोकथाम तथा नियन्त्रणका लागी आफ्नो पालिकामा भईरहेका प्रयास, चुनौती तथा स्रोत साधनको अभाव लगायतका समस्याहरु प्रमुख जिल्ला अधिकारी पाण्डे समक्ष राख्नुभएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिदै गएकोले नियन्त्रणका लागी चुनौतीहरु थपिदै गएको उहाँहरुले बताउनुभएको छ । कोभिड अस्पताल सञ्चालन, क्वारेन्टीन तथा आईशोलेसन निर्माण लगायतका कार्यहरुमा आफुहरुले तदारुकताका साथ काम गरिरहेको बताउदै उहाँहरुले स्रोत साधनको अभावमा भने कोभिडको नियन्त्रण गर्न समस्या भईरहेको जनाउनुभएको छ ।
यता प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिकहरुको स्वास्थ्य सुरक्षाको बिषयमा गम्भीर भई काम गर्न स्थानिय तहहरुलाई निर्देशन दिनुभएको छ । कोभिड नियन्त्रणको सन्दर्भमा अहिलेसम्म स्थानिय तहहरुले गरेको कार्य प्रसंसनिय रहेको उल्लेख गर्दै उनले थप प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको हो । आफुसंग भएका स्रोत साधनहरु तयारी अवस्थामा राख्न र सम्भाबित मानबिय क्षति कम गर्न पुर्ब तयारी गरिराख्न प्रजिअ पाण्डेले निर्देश गर्नुभएको छ । यस्तै भारतबाट तथा कोरोना प्रभाबित अन्य ठाउँबाट आउने नागरिकहरुको ब्यबस्थापनमा बिशेष ध्यान दिन प्रजिअ पाण्डेले स्थानिय तहका पदाधिकारीहरुलाई सचेत गराउनुभएको छ । बाहिरबाट आउने नागरिकहरुका कारण समुदायमा कोरोनाको बढी जोखिम रहने भएकोले उनीहरुलाई अनिबार्य क्वारेन्टीनमा राख्न निर्देशन दिनुभएको छ ।
यसै बिच निषेधाज्ञाको समयमा बजारमा कालोबजारी मौलाउदै गएको गुनासो आएको भन्दै बजार अनुगमनको बिषयमा पनी सचेत बन्न उनले आग्रह गर्नुभएको छ। यो समयमा ब्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई ठग्न सक्ने भन्दै प्रजिअ पाण्डेले बजार निरिक्षणमा पनी ध्यान दिन निर्देशन दिनुभएको हो । यस्तै निषेधाज्ञाका कारण हातमुख जोर्न पनी समस्या भईरहेका नागरिकहरुको बिषयमा पनी निर्णय लिन उनले स्थानिय तहको ध्यानाकर्षण गराउनुभएको छ। तत्काल बिकास निर्माण कार्यहरु सञ्चालनमा नै रहेकोले दैनिक ज्यालादारीमा काम गर्ने बर्गलाई अहिले चुलो बाल्न समस्या नभए पछि भोली त्यस्तो अबस्था आउन सक्ने प्रजिअ पाण्डेको भनाई छ ।(रेडियो बैतडी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?