अब रिर्सोटमा बस्ने पालो जसपाका महन्थ ठाकुर पक्षका सांसदको, उपेन्द्रलाई ४० प्रतिशत पुग्न नदिने प्रयासमा भेला

  • ख-
  • ख+

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरूको भेला भक्तपुरको एक होटलमा शुरू भएको छ । भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएको दावी ठाकुर पक्षले गरेको छ ।

उपेन्द्र यादव पक्षले सांसदहरूलाई घर(घरमा गएर दबाब दिन थालेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयभित्र एकै ठाउँमा रहने गरी भक्तपुरको होटलमा बोलाइएको ठाकुरनिकट एक नेताले बताउनुभयो ।

होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरू समेत पुगेका छन् । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको नेताहरूले बताउनुभएको छ ।

जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । यादव पक्षमा १३ सांसद पुग्न नदिने प्रयास भइरहेको ठाकुरनिकट स्रोतले जनाएको छ । विश्वासको मत दिने बेला अनुपस्थित भएकी रुही नाज समेत ठाकुर पक्षमा लाग्नुभएको थियो ।

केहि दिन अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुव्वा गुरुगं विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाली कांग्रेसको गठबन्धनले पनि आफ्ना प्रदेशका सांसदहरुलाई पोखराको रिर्सोटमा राखेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?