पोखरामा १० र बाग्लुङमा ४ सहित १४ जनाको उपचारका क्रममा निधन

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा पोखराका विभिन्न अस्पतालमा ९ जना बाग्लुङमा ४ जना र म्याग्दीको बेनीमा १ जना गरी १४ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ ।

बैशाख २६ गते संक्रमण पुष्टि हुनुभएका पोखरा महानगरपालिका वडा नं. १७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।
त्यसैगरि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १५ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ ।

बैशाख २९ गते संक्रमण पुष्टि हुनुभएका पोखरा महानगरपालिका वडा नं. १२ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राति फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।
त्यस्ते पोखरा महानगरपालिका वडा नं. १७ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको अस्ति चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नं.७ का ४५ वर्षीया कोरोना संक्रमित महिलाको अस्ति चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नं.२६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

दाङ जिल्लाको लालमटिया वडा नं. १ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको आज मणिपालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं.४ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं.२ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं.९ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १७ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नं.३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

बैशाख २९ गते संक्रमण पुष्टि हुनुभएका म्याग्दी जिल्लाको बेनी नगरपालिकावडा नं. ५ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बेलुका बेनी अस्पताल म्याग्दीमा उपचारका क्रममा निधन भएको छ ।

थप १४ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३१८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?