डुम्रे टोल विकास संस्थाद्वारा डुम्रे प्रहरीलाई अक्सिजन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । डुम्रे टोल विकास संस्थाले ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा रहेको खाली सिलिन्डर भरिदिएको छ।

कोबिड १९ को दोश्रो भेरियन्ट चलिरहेको बेला सङ्क्रमण दर उच्च हुँदै गएको र मृतक संख्या पनि बढ्दै गहिरहेको र अक्सिजनको अभावमा मानिसहरूले ज्यान गुमाउनु परेको हुँदा उपचारमा सहयोग होस् भन्दै तत्काल उद्धारका डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठको अगुवाइमा १९ थान खाली सिलिण्डरमा अक्सिजन भरिदिएको हो। आज एक कार्यक्रमका बीच बन्दिपुर गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले प्रहरी मुकाम डुम्रेका प्रहरी निरिक्षक प्रकाश भुषाल लाई उक्त ग्याँस सिलिण्डर र अन्य स्वास्थ्य सम्वन्धी अक्सिजन फ्लो मिटर, फ्लो पाइप , ओटु की, सेनिटाइजर, पि पि ई , अक्सिजन पल्स मिटर, थर्मलगन लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको हो। टोल विकास संस्थाका अध्यक्ष श्रेष्ठले यस क्षेत्रका जनताहरूलाई समस्या परेको बेला तत्काल सेवा दिई जीवन रक्षा गर्ने उद्देश्यले सामाग्रीहरु सहयोग गरेको बताउनुभयो।

कार्यक्रममा खहरे विरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, गुरुङ्गटारका अध्यक्ष विजय राना, संचारकर्मी शिव कुमार श्रेष्ठ, हरिहर महिला समुहका अध्यक्ष सरिता पिया, मञ्जु प्रधान, समाजसेवि मदन अधिकारी, सुमन श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष डी पि अधिकारी पत्रकारहरु रवीन्द्र कडेंल, अजिमा खातुन, प्रहरीहरु लगाएतको उपस्थिति रहेको थियो।

डुम्रे मुकाम प्रहरीले अस्पतालहरुमा बिरामीलाई उपचारको लागि अक्सिजनको अभाव भएपछि डुम्रे आसपासको वर्कशप र ग्यारेजहरुबाट भरी ८ थान र खाली २० थान सिलिण्डर बरामद गरेको थियो। हाल डुम्रे प्रहरी सँग जम्मा २७ थान भरी सिलिण्डर र १ थान खाली सिलिण्डर मौजत रहेको छ। यो सँगै डुम्रे ,बन्दिपुर ,भानु र गोरखाका केहि स्थानिय नागरिकहरुलाई सहज हुने विश्वास लिइएको छ।(छिम्केश्वरी एफ् एम्)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?