प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे

  • ख-
  • ख+

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बन्नु लाग्नुभएका केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ।

उहाँले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथपछि प्रधानमन्त्रीको आजै पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ ।
विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । नेपाली कांगे्रस, माओवादी लगायतका अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?