केपी ओली तेश्रोपटक प्रधानमन्त्रीः पुरानै मन्त्रीहरु दोहोरिए

  • ख-
  • ख+

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेश्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाउनुभएको हो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिनुभएको थियो । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै आज नै पुरानो मन्त्री मण्डलका सदस्यहरुलाई पनि पद तथा गोपनियताको सपथ ग्रहण गराईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?