काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ।
भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको हो
उनका अनुसार भेलामा १८ जना सांसद सहभागी भएको पनि बताईएको छ । पार्टी एकताकै समयमा महतोलाई संसदिय दलको नेता बनाउने सहमति भएको संदिय दलको नेता चयन पश्चात बताईएको थियो । प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा रहेका जपसाका वरिष्ठ नेता महतो संसदिय दलको नेता चयनलाई राजनीतिक बिश्लेषकहरु बडो चाखका साथ नियालिरहेका छन् ।








