तनहूँमा पत्रकार कल्याणकारी कोष स्थापना गरिने

  • ख-
  • ख+

तनहूँ । नेपाल पत्रकार महासंघ तनहूँ शाखाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्जल पौडेलको अध्यक्षतामा शनिबार बसेको भिडियो बैठकले उक्त कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरूबाट आर्थिक संकलन, शुभेक्ष्छुक ,सहयोगी संस्था र व्यक्तिबाट संकलन भएको रकमले कल्याणकारी कोष स्थापना गर्ने पत्रकार महासंघ तनहुँका सचिव प्रताप रानाले बताउनुभयो । बैठकले क्रियाशिल पत्रकारहरूको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड १९ को दोस्रो लहर दिनप्रतिदिन संक्रमण फैलिएकाले स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गरिदिन पत्रकारहरूलाई पत्रकार महासंघ तनहूँ शाखाले अनुरोध समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?