तनहूँकी १ जना कोरोना संक्रमितको पोखरामा मृत्यु , गण्डकीमा थप १४ जनाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । पोखरामा उपचाररत तनहूँ जिल्ला भिमाद नगरपािलका वडा नं. ५ की २२ बर्षिय महिलाको कोरोनाको कारण मृत्यु भएको छ । गत बैशाष २८ गते कोरोना संक्रमण देखिए पश्चात उहाँ उपचाररत हुनुहुन्थ्यो ।

त्यसैगरि पोखरामा विभिन्न अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितसहित गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लाका पोखरामा उपचाररत कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ६ जना, पर्वतका ३ जना, स्याङजाका २ जना, तनहुँका १ जना, म्याग्दी १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?