कोरोनाबाट नेपालमा १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थप

  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १ सय ९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २ हजार ६३५ जना हुनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४, प्रदेश २ मा ५ सय १५, बागमती प्रदेशमा ३ हजार ९ सय २१, गण्डकीमा, ६ सय ५०, लुम्बिनीमा १ हजार ४२, कर्णालीमा ४ सय ५८ र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ जना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौँ २,०४९ जना, मोरङ ५०७, रूपन्देही ३८०, ललितपुर ३६५, काभ्रेपलाञ्‍चोक ३१५, चितवन ३०८ जना, सुनसरी २९८, झापा २५३, कास्की २२९, भक्तपुर २२१, पाल्पा २०१ जना , सुर्खेत १९५ जना, दाङ १९१ जना, धादिङ १४५ जना, धनुषा १४० जना, सप्तरी १३३ जना, जाजरकोट १२४ जना, नुवाकोट १०९ जना, रामेछाप १०९ जना, सिन्धुपाल्चोक १०५ जना, गुल्मी १०५ जना, तनहूँ १०२ जना, डोटी ९५ जना , दोलखा ९० जना, सिन्धुली ८४ जना, स्याङ्जा ८० जना, कञ्‍चनपुर ७४ जना, पर्सा ७० जना, लमजुङ ६३ जना, गोरखा ६० जना, दैलेख ५९ जना, नवलपरासी पश्‍चिम ५५ जना, नवलपरासी पूर्व ५८, अछाम ५० जना, रौतहट ४९ जना, बैतडी ४९ जना, महोत्तरी ४८ जना, धनकुटा ४५ जना, सल्‍यान ४४ जना, पर्वत ४३ जना, डडेल्धुरा ३९ जना, अर्घाखाँची ३७ जना, सिरहा ३६ जना, बाँके ३४ जना, इलाम ३३ जना, तेह्रथुम २६ जना, उदयपुर २५ जना, बारा २५ जना, ताप्लेजुङ २२ जना, रूकुम पश्‍चिम १८ जना, रसुवा १६ जना, जुम्ला १५ जना, सर्लाही १४ जना, कपिलवस्तु १४ जना, म्याग्दी १२ जना , बर्दिया ११जना, सोलुखुम्बु १० जना, रोल्पामा १० जना, कैलाली ९ जना, ओखलढुंगा ७ जना , मकवानपुर ५ जना, भोजपुर ४ जना, प्‍युठान ४ जना, खोटाङ २ जना, बागलुङ २ जना, पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा ११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?