लम्जुगं । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर गएको भुकम्पको मानविय क्षति बारे अहिलेृसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले बताउनुभएको छ । बुधबार बिहान उक्त क्षेत्र बनाएर गएको ५.८ म्याग्नेच्युटको भूकम्पबाट पुराना माटोले बनेका घरहरु भत्केको सूचना प्राप्त भएको र विवरण संकलनको काममा आफुहरु खटिएको पनि वहाँको भनाई रहेको छ ।
बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प पश्चात मानिसहरुमा भागभाग छलेको थियो । छोटो समय गएको भुकम्पको धक्का तनहूँमा पनि ठुलै महसुस गरिएको थियो ।








