व्यासमा २७ वर्षीया महिला मृत फेला, मध्यनेपालका एक युवक पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँमा एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका वडा नं. १० परेवाडाँडा की २७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि लम्जुगं जिल्ला मध्यनेपाल नगरपालिका ठेगाना बताउने एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“घटनाबारे अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँन बाँकी छ”, उहाँले भन्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?