तनहूँ । तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) बिहीवार अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु लिएर तनहूँ आउदै हुनुहुन्छ । श्रेष्ठले भोलि बिहीबार नै उक्त सामाग्रीहरु आफ्नो क्षेत्रमा रहेका अस्पतालहरु दमौलीमा रहेको दमौली अस्पताल, भानु नगरपालिकामा रहेको पुरन्डीही अस्पताल, बन्दिपुर अस्पतालमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
आफु पनि कोरोना संक्रमित भईसकेको र आफ्ना मतदाताहरुलाई दुःख पर्दा सहयोग गर्न मन लागेर तमाम अप्ठ्याराहरुलाई चिर्दै जिल्ला आउन लागेको सांसद श्रेष्ठले बताउनुभएको छ । साथै जिल्ला बसाईका क्रममा सांसद श्रेष्ठले आफुले पहल गरेर बजेट पारेका बिकास निर्माणका योजना तथा अस्पतालमा के कस्तो काम भईरहेको छ त्यो पनि निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।








