सांसद श्रेष्ठ अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री बाड्दै अस्पतालमा: कसैलाई पनि अक्सिजन अभावमा मृत्युवरण गर्न नपरोस्ः सांसद श्रेष्ठ

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले विभिन्न अस्पतालहरुमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।
श्रेष्ठले तनहूँ क्षेत्र नम्बर १ को भानु नगरपालिकाको पुरनडिही नगर अस्पताल, बन्दिपुर गाउँपालिकाको बन्दिपुर अस्पताल र दमौलीको दमौली अस्पताललाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
उक्त सामाग्री हस्तान्तरण गर्दै सांसद श्रेष्ठले कसैले पनि अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने आफ्नो चाहना रहेको र त्यसै अनुसारको पहल गरिरहेको जानकारी गराउनुभएको थियो उक्त अवसरमा माथी उल्लेखित अस्पतालका प्रमुखहरुले सांसदको यस्तो कामले गर्दा अझ काम गर्न सहज भएको बताउनुभएको थियो ।
सांसद श्रेष्ठले उक्त क्रममा सुरक्षाकर्मी, पत्रकार, स्थानिय संघसंस्थाका प्रतिनिधि, विभिन्न क्लब प्रतिनिधिहरुलाई मास्क, सेनिटाईजर, पन्जा लगायतका सामाग्रीहरु पनि हस्तान्तरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?