गण्डकीमा आज २१ कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+

पोखरा । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

मृतकहरु कास्की जिल्लाका ७ जना, स्याङजाका ४ जना, नवलपुरपूर्व जिल्लाका ५ जना, बाग्लुङ जिल्लाका २ जना, गोरखा जिल्लाका २ जना र तनहूँ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४ सय ७३ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?