तनहूँ । नेपाल पत्रकार महासंघ तनहूँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा नं. ६ साँघे घर हाल व्यास–३ दमौली बस्ने विप्लता ढुङ्गानाले सहयोग प्रदान गर्नु भएको छ ।
ढुङ्गानाले २५ सय रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको हो । तनहूँ बिभिन्न सामाजिक संघ संस्थामा समेत सामाजिक कार्यहरु गरिरहनुभएकी ढुङ्गानाले आफ्नो जन्मदिनको अवसरमा सो रकम हस्तान्तरण गर्नुभएको हो । जन्म दिनमा हुने खर्च कटाएर पत्रकार कल्याणकारी कोषमा सहयोग गरेको ढुङ्गानाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ तनहूँको यही जेठ १ गते बसेको बैठकले तनहूँमा पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्छुक ,सहयोगी संस्था र व्यक्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको थियो । नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेलका अनुसार कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।








