तनहूँ । कोभिड १९ को महामारीले सबैलाई त्रसित बनाईरहेको छ । नेपालको विभिन्न ठाँउमा संक्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाएका घटनाका समाचारहरु आईरहेका छन् । देशभर संचालनमा रहेका अक्सिजन प्लान्टले प्रयाप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकिरहेको छैनन् यस्तो अबस्थामा बिभिन्न संघसंस्थाहरुले निजि क्षेत्रबाट पनि अक्सिजन प्लान्ट खोल्न सरकारसग सहकार्य गरिरहेका छन् । व्यवसायिक समुह बतास ग्रुपले अक्सिजन पाल्न्ट खोल्ने निर्णय गरेसगै देश बिदेशबाट सहयोग जुटेको क्रम बढेको छ । उक्त समहुको अक्सिजन प्लान्ट निर्माण गर्ने नविन कार्यलाई समर्थन गर्दै तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. ३ घर भई हाल हंङकंङमा रेस्टुरेन्ट व्यवसायी संचालन गर्दै आउनुभएका सेफ एबंम समाजसेवी व्यक्तित्व मोहन बतासले उक्त ग्रुपले निमार्ण गर्न लागेको अक्सिजन प्लान्टका लागि १ लाख रुपैया सहयोग गर्नुभएको छ। अक्सिजन अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भनेर बतास ग्रुपले निर्माण गर्न लागेको अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको र आँउदा दिनहरुमा अझै सहयोगगर्ने दातामोहन बतासको भनाई रहेको छ ।








