कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

  • ख-
  • ख+

काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७५२, रूपन्देहीमा ६७२, मोरङमा ६३९, कैलालीमा ४१९, ललितपुरमा ४०० र काभ्रेमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा २९५, कास्कीमा २८२, झापामा २३६, चितवनमा २३३, सिन्धुपाल्चोकमा २३१, सुनसरीमा १९३, दाङमा १८६, सुर्खेतमा १७९, धनुषामा १३८, अछाममा १३५, बैतडीमा १३१, महोत्तरीमा ११३,गोरखामा ११२, मकवानपुरमा १११ र नवलपरासी पूर्वमा १०२ जना कोरोना संक्रमित थपिएका छन् ।

दोलखामा ९९, कञ्‍चनपुरमा ९६, तनहूँमा ७८, धादिङमा ७६, सिरहामा ६२, बाँकेमा ५३, ताप्लेजुङ र सप्तरीमा ५२ / ५२ जना,म्याग्दी र लम्जुङमा ४९ / ४९ जना, सिन्धुलीमा ४८, पर्वतमा ४५, रसुवामा ४२, पर्सामा ४०,गुल्मीमा ३९,रोल्पामा ३६, रौतहट र नवलपरासी पश्चिममा ३५र३५ जना संक्रमित थपिएका छन् ।

यस्तै खोटाङ र दैलेखमा ३४ / ३४ जना, स्याङजामा ३२,पाल्पा र डोटीमा ३० / ३० जना, बारामा २९, तेह्रथुममा २७, पाँचथरमा २५,कपिलवस्तुमा २२, सर्लाहीमा १६, दार्चुलामा १५, धनकुटा र अर्घाखाँचीमा १३ / १३ जना, सोलुखुम्बु र डडेल्धुरामा १२ / १२ जना र रामेछापमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवाभा र कालिकोटमा ९र९ जना, उदयपुरमा ८, इलाम र बर्दियामा ६ / ६ जना, बागलुङमा ५, रूकुम पश्‍चिमा ४, प्युठान र सल्यानमा ३र३ जना, ओखलढुंगा र भोजपुरमा २ / २ जना तथा मुस्ताङ, रूकुम पश्‍चिम, डोल्पा, बझाङ र बाजुरामा १र१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ६०७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?