तनहूँ । तनहूँ जिल्लामा कोरोना भाईरस कोभिड १९ निणयन्त्रको लागि के कसरी व्यवस्थापन गर्न सकिन्छ बारेमा छलफल गर्न कोभिड १९ महामारीो नियन्त्रण, रोकथाम र उपचारका विषयमा समन्वयको बैठक बसेको छ । । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकमा तनहूँ जिल्ला क्षेत्र नम्बर १ का माननीय कृष्ण कुमार श्रेष्ठ किसान, , राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सदस्य राम बहादुर गुरुङ, जिल्ला समन्वय समितिका तनहूँका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला प्रहरी कार्यालयका प्रमुख अरुण पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायत जिल्लाका विभिन्न पालिकाहरुका प्रमुख तथा उपप्रमुख जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका अध्यक्ष तथा प्रमुख, तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेललगायतका महानुभावहरुको सहभागिता रहेको थियो । उक्त बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई तनहूँ जिल्लामा रहेका तीन अस्पतालहरु दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र बन्दीपुर अस्पताललाई सुविधासम्पन्न बनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
उत्तः पैठकले जिल्लाको पिसिआर रिर्पोट गर्न बाहिर पठाउनु पर्नेर र रिर्पोट आउन ७, ८ दिन कुर्नुपर्ने, त्यतिबेलासम्म बिरामीको अवस्था जटिल पनि हुन सक्ने र संक्रमण समुदायमा फैलिन सक्ने भएकोले जिल्लामा नै पिसिआर चेक जाँचको प्रवन्ध मिलाउनका साथै जिल्लामा नै अत्याधुनिक ल्याव निर्माण गरिदिन पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
उक्त बैठकमा संघिय सांसद कृष्णकुमार श्रेष्ठले जिल्लावासीको लागि पर्ने जु्नसुकै समस्या पनि हल गर्नु आफ्नो दायित्व र कर्तव्य रहेको हुनाले हरहालतमा आफु त्यो काम पुरा गर्न लाग्ने र कोभिड १८ बाट कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर सहयोग गरिरहने भएको हुनाले स्थानिय निकायमा पर्ने समस्याहरु आफुलाई भन्न पनि आग्रह गर्नुभएको थियो ।










