बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (नामावली सहित)

  • ख-
  • ख+

काठमाडौं । वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै नेकपा एमालेले आफ्ना १४ जना प्रदेश सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

आफ्नै पार्टीका उम्मेवार राम बहादुर थापा बादललाई पराजित गर्न भुमिका खेलेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको भनिएको छ ।

लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको गरिएको छ ।

राष्ट्रियसभा चुनावमा ७ जना माधव नेपाल पक्षका सांसदले राम बहादुर थापा बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । संसदीय बोर्डका सदस्य अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना सदस्यले पार्टीविरुद्ध गतिबिधि गरेको आरोप लगाइएको छ । बोर्ड बैठकमा तीनै जना नेता उपस्थित हुनुहुन्थेन।

स्पष्टिकरण सोधिएका सांसद यी हुन् ।
१. माननिय अष्टलक्ष्मी शाक्य बोहोरा
२. माननिय राजेन्द्र पाण्डे
३. माननिय अरुणप्रसाद नेपाल
४. माननिय बसन्त प्रसाद मानन्धर
५. माननिय रचना खड्का
६. माननिय कृष्ण प्रुसाद शर्मा खनाल
््७. माननिय शान्तिप्रसाद पौडेल
८. माननिय मुनु सिग्देल
९. माननिय ईन्द्रमाया गुरुगं
१०. माननिय मिना ज्ञवाली
११. माननिय बसुन्धरा हुमागाई
१२. माननिय लक्ष्मण लम्साल
१३. माननिय कुसुम कुमार कार्की
१४.माननिय पार्वती सिलवाल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?