तनहूँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा
व्यास नगरपालिका वडा नं. २,दमौली बस्ने कल्पना गौलीले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
गौलीलेले महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई शनिबार ५ हजार ५
रुपयाँ रकम हस्तान्तरण गर्नु भएको हो। तनहुँकै सफल महिला उद्यमी सहित
बिभिन्न सामाजिक संघ संस्थामा समेत समाजिक अभियन्ताको रुपमा सफलता पुर्वक
नेतृत्व गर्नुहुने गौलीले पत्रकारहरुको हितमा खर्च हुने कल्याणकारी
कोषमा सहयोग गरेको बताउनुभयो । सो अवसरमा उहाँले आगामि दिनमा समेत
नेपाल पत्रकार महासंघ तनहुँशाखालाई सहयोग गर्ने वचनवद्वता ब्यक्त
गर्नुभयो । । उहाँ माँ अम्बे पुजा सामग्री उद्योगको संचालक समेत
हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ तनहुँको कल्याणकारी कोषमा रकम
प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष पौडेलले धन्यवाद ब्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकार कल्याणकारी कोष स्थापना
गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू,
शुभेच्छुक,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक सहयोग
गर्न अपिल समेत गरेको थियो ।
महासंघको अपिल अनुसा कल्याणकारी कोषलाई सहयोग आउने क्रम जारी रहेको छ ।








