पोखरा । गण्डकी प्रदेशको पोखराका अस्पतालहरुमा उपचाररत २० जना र १ जनाको होमआइसोलेसन बस्नुभएका गर २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु मध्ये २० जनाको पछिल्लो २४ घण्टामा र १ जनाको जेठ ४ गते मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मृतकहरुमा कास्की जिल्लाका ११ जना, स्याङजाका ६ जना, म्याग्दी जिल्लाका १ जना, पर्वतका १ जना, तनहूँ जिल्लाका १ जना र रुपन्देही जिल्लाका १ जना रहनुभएको छ ।
२१ जना थपिएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५१४ पुगेको छ ।











