तनहूँ । नेपाल पत्रकार महासंघ तनहूँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि
नेपाल सरकारका उपसचिव तथा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
हरिराम नागिलाले आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
व्यास नगरपालिका वडा नं. १२ कमलबारी निवासी नागिलाले महासंघ तनहूँका शाखाका सहसचिव
प्रकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। पत्रकार महासंघ
तनहूँ यो अभियान निकै महत्त्वपूर्ण अभियान रहेको र जिल्लाका पत्रकारलाई
कोभिड १९ हुदा होस् अथवा दुः ख पर्दा यो अभियानले सहयोग पुग्ने
बताउनुभयो। महासंघको अपिल अनुसार कल्याणकारी कोषलाई सहयोग आउने क्रम जारी
रहेको पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेलले बताउनुभएको छ ।








