माधव नेपालको पार्टी दर्ता हुदै: चुनाव चिन्ह कलम

  • ख-
  • ख+

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूनिकट युवालाई पार्टी गर्दा गर्न निर्वाचन आयोग पठाउनुभएको छ । चुनाव चिह्न कलम माग गर्दै नेकपा (एकीकृत) नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष राखेर उक्त पार्टी दर्ताका लागि निवेदन परेको हो ।

संखुवासभाका राईले शुक्रबार नयाँ दल दर्ता लागि निवेदन दिनुभएको हो । ‘जेठ ७ गते दल दर्ताक लागि निवदेन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु,’ राईले भन्नुभएको छ । शनिबार बसेको एमालेको नेपाल खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। एमाले फुटको संघारमा पुगेको बेला आयोगमा नयाँ दल दर्ताका लागि निवेदन परेपछि यसलाई चासोका साथ हेरिएको छ ।

नेता माधव कुमार नेपालले नयाँ दलको खोल्ने निर्णयमा पुगेको बताईसक्नुभएको छ । उहाँको भनाईसगै राईको नाममा उनले पार्टी दर्ता गर्न निवेदन दिनुभएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चुलिदै जाँदा नेपालसहितका नेताहरु नयाँ दल खोल्ने विषयमा छलफलमा हुनुहुन्छ । यसअघि पनि सो समूहबीच नयाँ दल खोल्ने विषयमा छलफल भएको थियो ।

‘यो विवाद धेरै लामो समयदेखि चल्यो तल्लो तहका कार्यकर्ताबाट पनि नयाँ दल खोल्नका लागि दबाब रहँदै आएको छ’ नेपाल निकट एक स्थायी कमिटीका सदस्यले भन्नुभयो , ‘नयाँ दल खोल्ने कहिले हो भन्ने मात्रै हो । अहिलेको संरचना पनि त्यसैको अभ्यास हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?