बजारमा नक्कली स्यानीटाईजरको बिगबिगीः बालाजु र इमाडोलको स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा

  • ख-
  • ख+

नक्कली स्यानीटाइजर देशभरका बजारमा पुगेको दावी

काठमाण्डौ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको इमाडोलमा र प्रहरी परिसर काठमाडौंले बालाजु औधोगिक क्षेत्रभित्र रहेको स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ ।
ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गराएको थियो ।
परीक्षणमा उक्त स्यानीटाइजरमा २५ प्रतिशत मेथानोल प्रयोग भेटियो । जबकी मेथानोल मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने रसायन हो । महामशाखाका एसएसपी चन्द्र कुँवेर खापुडका अनुसार प्रहरीले करिब ८ ट्रकभन्दा धेरै स्यानीटाइजर बरामद गरिसकेको छ । उहाँले भन्नुभयो, कति परिणाममा छ भन्नेबारे हामीले गणना गरिरहेका छौं ।

महाशाखा र प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानमा यसैगरी नक्कली स्यानीटाइजर बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान जारी राखेको छ ।
एसएसपी खापुडका अनुसार बरामद नक्कली स्यानीटाइजर काठमाण्डौ लगायत देशैभरि वितरण भएको देखिन्छ । महाशाखाका एसपी कृष्ण पंगेनीले नक्कली स्यानीटाइजर बनाउने कम्पनीका मालिक आशीष प्याकुरेल पनि पक्राउ परेको बताउनुभयो । (कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?