तनहूँ । जन्म दिनको अवसर पारेर व्यास नगरपालिका वडा नं. २ मालेबर निवासी मछिन्द्रा देवी श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहूँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गर्नु भएको छ ।
श्रेष्ठले आफु ७१ बर्ष प्रवेशको अवसरमा ५ हजार ५ सय ५५ रुपयाँ आइतबार प्रदान गर्नु भएको हो । नेपाल घरेलु तथा साना उद्योग व्यवसायी समिति केन्द्रिय सदस्य समेत रहनुभएकी श्रेष्ठले जन्म दिनको अवसरमा समाजको ऐनाको रुपमा काम गर्ने संचार जगतको हितमा प्रयोग गर्ने कल्याणकारी कोषमा रकम महासंघलाई हस्तान्तरण गरेको बताउनु भयो साथै उहाँले संचार क्षेत्र र संचारकर्मीहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको आफुले सहयोग गरेको बताउनु भयो र यो अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभयो ।
पत्रकारको हितमा खर्च गर्ने गरि स्थापना गरिएको कल्याणकारी कोषका लागि रकम प्रदान गर्नु भएकोमा तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेलले श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।








