दुना टपरी रेष्टुरेण्टले गर्यो पत्रकार महासंघको कोषमा सहयोग

  • ख-
  • ख+

तनहूँ । पत्रकारहरुको हितमा प्रयोग गर्ने गरि पत्रकार महासंघ तनहूँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सहयोग आउने क्रम जारी रहेको छ । यसैबिच व्यास नगरपालिका वडा नं. ५ चापाघाटमा संचालित दुनाटपरी रेष्टुरेण्टका संचालक रमेश खनालबाट २५ सय रुपयाँ सहयोग गर्नु भएको छ। खनालले महासंघ तनहूँ शाखाले पत्रकारिताको माध्मबाट राम्रो कामहरु गरिरहेको र अझै गरोस् भन्ने मनसायका साथ उक्त रकम तनहूँ शाखाका सदस्य विष्णु गौतमलाई सो आइतबार रकम हस्तान्तरण गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेच्छुक ,सहयोगी संस्था र व्यक्तिहरुबाट कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?