नेपाली कांग्रेस केबल इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केबल एजेन्टहरू मात्र छन् । जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन ।
दिपक राज जोशी / जब सिद्धान्त मर्छ तब विचारधारा पनि मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । नेपाली काग्रेस बिना विचारको बिचरो कांग्रेस भएको छ।
हिजो काँग्रेसले यो देशमा चुनाबमा रेणु दाहललाई बोकेर हँसिया हत्तौड़ामा भोट हाल्यो । त्यही सच्चा कांग्रेसले चुनाबमा बाबुराम भट्टराई लाई भोट हाले । सायद गल्ती भयो भनेर आत्मा आलोचना गर्दै आगाडि बढ्नु पर्नेमा फेरी माओवादी र माधव नेपाल समूहसंग कार्यगत एकता गर्दैछ।

नेपाली कांग्रेसमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेहरूलाई त पाखा लगाइन्छ।
आखिर नेपाली कांग्रेस त्यस्तो पार्टी रहेछ जसले आमाको फरिया बेचेर वेश्यालाइ पछ्यौरा किनी दिन्छ।
नेपाली कांग्रेस केबल इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केबल एजेन्टहरू मात्र छन् । कम्पनीको मालिक अन्यत्र कतै छ भनेर प्रमाणित भएको छ ।
जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।
अब तपाइँ नै भन्नु अहीलेका युबा पुस्ता के का लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ?
(लेखकका नीजि विचार हुन् ।) (तस्विरहरु र लेख दिपक राज जोशीको फेसबुकबाट)
(लेखक जोशी नेपाली कांग्रेसका पूर्व सह – महामन्त्री एवं पूर्व मन्त्री गोविन्दराज जोशीका सुपुत्र हुनुहुन्छ ।)








