मोटरसाइकल दुर्घटनाका घाइते युवाको पोखरामा उपचारका क्रममा मृत्यु

  • ख-
  • ख+

(तस्विरः प्रतिकात्मक)

पोखरा । मोटरसाइकल दुर्घटनामा घाइते भएर उपचारका लागि फिस्टेल अस्पताल पोखरामा ल्याइएका कास्कीको लुम्लेका एक युवाको मृत्यु भएको छ ।

आज दिउसो साढे १२ बजे माछापुच्छ्रे गाँउपालिका(८ ठाँटी स्थित रिभानबाट लुम्लेतर्फ जादै गरेको ग १४ प ९७५५ नं. को मोटरसाईकल आफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको हो ।

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा माछापुच्छ्रे गाँउपालिका वडा नं. ८ लुम्लेका १८ वर्षीय लक्की बि. क. घाइते भइ उपचारको लागी फिस्टेल अस्पतालमा ल्याइएको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार अस्पतालमा ल्याइ चेकजाँच गर्ने क्रममा उनको मृत्यु भएको र घटनास्थलमा प्रहरी टोली पुगेर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?