तनहूँ । नेपाल पत्रकार महासंघकोे पत्रकार कल्याणकारी कोषमा मा सोमबार मात्रै १० हजार ५५ रुपयाँ सहयोग संकलन भएको छ ।
महासंघ तनहूँ शाखामा व्यास नगरपालिका वडा नं. ७ पाथ्रा स्थायी ठेगाना भई हाल व्यास ४ नमुना टोल निवासी ८० वर्षीय मुक्तिनाथ न्यौपानेले नेपाल पत्रकार महासंघकोे पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गर्नुभएको छ ।
न्यौपानेले ३ हजार ५५ रुपयाँ नेपाल पत्रकार महासंघ तनहूँ शाखाकी कार्य समिति सदस्य प्रकृति खनाललाई हस्तान्तरण गर्नुभएको हो । न्यौपानले सहयोग रकम हस्तान्तरण गर्दै भन्नुभयो,‘यो सरकारले खाजा खा भनेर दिएको वृद्धा भत्ताबाट दिएको हुँ, समाजका ऐना पत्रकारका लागि सकेको सहयोग गर्न समेत सबै व्यक्ति ,संघसंस्था टोलविकास संस्था सवैलाई पत्रकार कल्याणकारी कोषलाई सहयोग गर्न अनुरोेध ” समेत गर्नुभएको छ ।
त्यसैगरी कोषका लागि व्यास नगरपालिका वडा न.१ भादगाउका नेपाल तरूण दलका नेता सुनिल पन्थले सहयोग प्रदान गर्नुभएको छ । पन्थले शाखाका सहसचिव प्रकाश अधिकारीलाई २ हजार रकम हस्तान्तरण गर्नुभएको हो । ”आफ्नो सानो सहयोगले पत्रकारको कोषमा केही भएपनि थप मद्दत पुग्ने ” पन्थको भनाइ थियो ।
कोषका लागि व्यास नगरपालिका वडा न.४ का युवा व्यवसायी खेम गुरूङले २ हजार पाँच ५ सय सहयोग प्रदान गर्नुभएको हो । गुरूङले शाखाका सहसचिव प्रकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। ”पत्रकारको यस अभियानमा सबैको सहयोगले जिल्लाका क्रियाशील पत्रकारहरू बिरामी पर्दा टेवा पुग्ने ” गुरुङको भनाइ थियो ।
त्यसैगरी व्यास नगरपालिका वडा नं ४ निवासी क्याप्टेन भरतबहादुर अधिकारीले कल्याणकारी कोषका लागि रकम सहयोग गर्नुभएको छ । अधिकारीले पत्रकार मदन वाग्ले र विकास खनाललाई सोमबार नगद रू २ हजार ५ सय रूपैयां हस्तान्तरण गर्नुभएको छ । अधिकारीले ”समाजको ऐनाको रूपमा काम गर्ने सञ्चार जगतको हितमा प्रयोग गर्ने कल्याणकारी कोषमा उक्त रकम सहयोग गरेको”’ बताउनुभएको थियो ।










