निषेधाज्ञा उल्लंघन गर्नेलाई १ लाख र मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

  • ख-
  • ख+

कास्की । कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले १ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको मंगलवार बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने जनाएको छ ।

कोरोना संक्रमण रोक्न आदेश जारी गरिएको र अब आदेश नमाने अध्यादेश अनुसार व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमति बिना हिँड्ने २ पाङ्ग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचनामा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?