चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • ख-
  • ख+

रुपन्देही । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नं. ४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई प्रहरीले पक्राउ गरेको छ ।
गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । (रातोपाटी डट् कम् बाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?