सुदूरपश्चिमका तीन मन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण

  • ख-
  • ख+

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?