कोरोनाको प्रभाव घट्दोः ७ हजार २ सय २६ संक्रमणमुक्त, १ सय ६ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको प्रभाव घटिरहेको छ । केहिदिन देखिको डाटालाई हेर्दा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढि हुनु र मृत्यु हुनेको संख्या पनि कम हुनुबाट त्यस्को आंककलन गर्न सकिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरससंक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त हुनुभएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?