रेडियो प्रशारक महासंघका केन्द्रीय अध्यक्ष न्यौपानेको कोरोना संक्रमणबाट निधन

  • ख-
  • ख+

इटहरी । स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ।
न्यौपानेको उपचारमा संग्लग्न डाक्टरसँग निरन्तर सम्पर्कमा रहेकी इटहरीकी उपमेयर लक्ष्मी गौतमका अनुसार बिहान ८स्२५ मा डाक्टरले मृत घोषणा गरेका थिए।

कोरोना संक्रमण देखिएपछि ५० वर्षीय न्यौपाने १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।

एक छोरा र एक छोरीका पिता न्यौपाने सरकारले बनाएको बिज्ञापन बोर्डका सदस्यसमेत हुनुहुन्थ्यो। न्यौपाने इटहरीबाट सन्चालित प्रदेश नं. १ को सबैभन्दा धेरै कभरेज भएको रेडियो सप्तकोसीका सन्चालक हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?