नदीमा हामफालेका ४० वर्षीय युवकको उद्धार

  • ख-
  • ख+

नदीमा हामफालेका ४० वर्षीय एक युवकको प्रहरीले स्थानीय माझीहरुको सहयोगमा बिहिवार अपरान्ह तत्कालै उद्धार गर्न सफल भएको जनाएको छ ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं. ८ मा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको हो ।

बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भइ मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएका पुरुषलाई उपचारको लागी इनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?