काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके जिल्लाको भेरी अस्पतालमा स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले दिनको करिब २ः५२ सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले ”आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थिततिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझाँ दायित्व हो ” भन्नुभएको छ ।








