स्वास्थ्य विमा कर्तालाई सरकारले निः शुल्क उपलब्ध गराउनु भनेको औषधी पनि बाहिर किन्न पठाउने गरेको गुनासोः अस्पताल प्रशासन मौन
तनहूँ । देशभर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको प्रशंसा भईरहदा तनहूँ जिल्ला शुक्ला गण्डकी नगरपालिका दुलैगौंडामा रहेको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा पुग्ने संक्रमित तथा संक्रमितका आफन्तलाई अस्पतालकै कर्मचारीले विभिन्न बहानामा ठग्ने गरेको पाइएको हो । अस्पतालका कर्मचारीहरुकोरोना संक्रमितहरु आफन्तकोे वाध्यताको फाईदा उठाउदै पटक पटक ठग्ने गरेका छन् । बुधबार मात्रै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको टोलीले उक्त अस्पताल हाताभित्र नै अवैध रुपमा पिसिआर परिक्षण गर्न भन्दै सेवाग्राहीसँग रकम संकलन गर्ने अस्पतालका कर्मचारी सुजन पन्थीलाई पक्राउ गरेको थियो । सोही अस्पतालकै फार्मेसीमा कार्यरत रहेका पन्थीले संक्रमितका आफन्तलाई सरकारी अस्पतालबाट रिपोर्ट आउन लामो समय कुर्नुपर्ने तर आफुहरुले एक दिनमै रिपोर्ट उपलब्ध गराउने आश्वासन देखाएर मोटो रकम रकम असुल गरिरहेका थिए । उन्को यो बढि रकम असुल गर्ने काम आजदेखिको होईन धेरै पहिलादेखि नै गरिरहेको एक जना कर्मचारीले नाम नबताउने सर्तमा बताउनुभएको थियो साथै उहाँ अस्पतालकै माथिल्लो तहका पदाधिकारीहरुको दरो साथ र सहयोग नपाईकन फार्मेसीको कर्मचारीले मात्र यो काम गर्न नसक्ने पनि बताउनुभएको थियो ।
सर्वसाधारणसँग १ जनाको ३ हजारका दरले रकम असुल गरेका पन्थीले अस्पतालमा स्वाव संकलन (पिसिआर परिक्षण) का लागि कुनै पनि किसिमको अनुमति लिएका भने छैनन् । निजी मेडिकल सञ्चालक समेत रहेको उनले अभियानका सदस्यहरुले रंगेहात समातेपछि माफि मागेको झै गरेको थिए ।
त्यतिमात्र हैन उक्त अस्पतालमा स्वास्थ्य विमा गर्ने अधिकाँश सेवाग्राहीहरुले अस्पतालले सरकारले निः शुल्क उपलब्ध गराएको औषधी पनि अस्पतालले उपलब्ध नगराएको गुनासो गर्नुभएको छ साथै अस्पतालले औषधी खरिदका लागि निजि मेडिकल जान बाध्य पारेको बताउनुभएको थियो । यसरी नेपाल सरकारले निः शुल्क उपलब्ध गराउन निर्देशन दिएको औषधी स्वास्थ्य विमा गर्ने विरामीलाई नदिईकन औषधी खरिद गर्न बाहिर पठाउनुलाई सेवाग्राहीहरुले अस्पताल प्रशासनको मिलेमतोमा कर्मचारी औषधीको कृतिम अभाव सिर्जना गरेको आरोप लगाउनुभएको छ । अस्पतालमा कर्मचारीले सेवाग्राहीसग अवैधरुपमा ठगि गरिररहदा र रंगेहात समात्दा पनि अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले दोषी कर्मचारीलाई कारवाही गर्ने बारेमा केहि नबोलिकन चुपचाप बसेको बताईएको छ । उहाँको मौनतालाई सर्वसाधारणले शंकाको नजरबाट हेरेका छन् ।
अस्पतालले आफना कर्मचारीको गल्ती ढाकछोप गर्नको लागि अष्पष्ट बिज्ञप्ति निकालेको छ । विज्ञप्तिमा आफ्नो अस्पतालले राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै अस्पताल प्रशासन सेवाग्राहीको सुविधा प्रति अस्पताल प्रतिवद्ध रहेको जनाएको छ साथै पिसिआर परिक्षणको विषयमा उठेको सवालमा कर्मचारी माथि छानविन गर्ने जनाए पनि बुधबार जस्तै अन्य दिन अस्पताल प्रागंढमा हुने गरेको बिचौलियाहरुको ढगि कृयाकलापको बारेमा कहि कतै उल्लेख गरेको छैन ।
उक्त प्रकरणमा शुक्लागण्डकी नगरपालिकाका कर्मचारीहरु समेत तानिन सक्ने सम्भावना बढेको छ । पिसिआर रिर्पोटको लागि अवैध रुपमा शुल्क उठाउने पन्थीलाई समात्दा उनले शुक्लागण्डकी नगरपालिकाका कर्मचारीहरु समेत यस्तै कार्यमा संलग्न भएको र उनीहरुको सिको गर्दै आफुले यस काममा हात हालेको बताएका थिए । तर उन्ले उक्त अवसरमा नगरपालिकाका कुन कर्मचारी अवैध कार्यमा संलग्न छन् भन्ने खुलाएका थिएनन् ।
कोरोना महामारीले सबैलाई सताईरहेको बेला अस्पताल प्रशासनले र उक्त प्रकरणमा मु५िएका शुक्लागण्डकी नगरपालिकाले उक्त काण्डमा के कस्तो कदम चाल्छ सबैको प्रतिक्षा गरिरहेका छन् । (शुक्लागण्डकी एफ एम् को सहयोगमा)








