तनहूँका ६ जना सहित गण्डकीमा ३० जना कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+

तनहूँ । मृतकहरु कास्की जिल्लाका ९ जना, तनहूँ जिल्लाका ६ जना, स्याङजा जिल्लाका ३ जना, नवलपुर जिल्लाका १ जना, पर्वत जिल्लाका २ जना, मुस्ताङ जिल्लाका २ जना, बाग्लुङ जिल्लाका १, गोरखा जिल्लाका ३ जना, दाङका २ जना र बाराका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६ सय २४ पुगेको छ ।

गए राति पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ वार्डमा उपचाररत एक सुत्केरी महिलासहित ६ जनाको अक्सिजन अभावका कारण ज्यान गएको हो । हाइफ्लो अक्सिजन दिएर अस्पतालमा उपचार गराइरहेका प्रदेशका विभिन्न जिल्लाका बिरामीले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको हो ।

अस्पतालमा आवश्यकता अनुरूप अक्सिजनको आपूर्ति नहुँदा बिरामीहरूले ज्यान गुमाउनुपरेको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?