तनहूँ । तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा १ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का ७० वर्षका पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो।
संक्रमितको शुक्रबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक पुरुष लामो समयदेखि क्यान्सर रोगले ग्रसित रहेर उपचार गरिरहहनुभएको थियो ।








