तनहूँ । सरकारी प्रक्रियाबाट रिपोर्ट आउन ढिलो हुने र निजी प्रयोगशालाबाट १ दिनमै रिपोर्ट ल्याईदिने भन्दै गैह्रजिम्मेवार तवरले सर्वसाधारण नागरिकलाई ठग्ने गरेका जिपी कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रका एक कर्मचारीले सम्बन्धित सेवाग्राहीलाई पैसा फिर्ता गरेका छन् । पिसिआरको लागि भन्दै अवैध रुपमा संकलन गरेको रकम सेवाग्राहीलाई गत बुधबार जनही तीन हजार रकम भुक्तान गरेका सर्वसाधारणलाई रिपोर्ट सहित रकम फिर्ता गरिएको हो ।
उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र पुगेका बिरामीसंग कोरोना संक्रमण भए नभएको थाहा पाईने पीसीआर रिपोर्टका लागि अवैध रूपमा उठाईएको रकम “हाम्रो नेपाल, हामी नेपाली“ अभियान मार्फत फिर्ता गराईएको हो ।अनुगमनका लागि बुधबार अस्पताल पुगेको ज्ञानेन्द्र शाही सहितको अभियान टोलीले निशुल्क पाउनुपर्ने रिपोर्टका लागि समेत गैह्रकानुनी ढंगले रकम संकलन गरिएको भन्दै प्रश्न उठाएको थियो ।
जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वासउपचार केन्द्र बेलचौतारामा उपचारका लागि पुगेका बिरामीहरूसंग सोहि अस्पतालमा कार्यरत कर्मचारी सुजन पन्त लगायतको समुहले पिसीआर रिपोर्टका लागि १७ जना संग तीन रूपैयाँका दरले रकम उठाएका थिए ।
सरकारी प्रक्रियाबाट रिपोर्ट आउन ढिलो हुने र निजी प्रयोगशालाबाट १ दिनमै रिपोर्ट ल्याईदिने भन्दै गैह्रजिम्मेवार तवरले सर्वसाधारण नागरिकलाई ठगी गरिएको रंगे हात भेटेपछि रकम फिर्ता गराईएको अभियानका तनहूँका संयोजक बिष्णुभक्त खनालले बताउनुभयो । स्वाव संकलन भएका १७ जनाकै रिपोर्ट आईसकेको भन्दै खनालले भ्रम गरिब जनतामाथि ठगी भईरहेकोले आफुहरूले विरोध गरेको र सरकारी अस्पतालबाट नै समयमा सुविधा पाउन सकिन्छ भन्ने उदाहरण देखाउन सफल भएको दावी गर्नुभयो ।
अस्पताल हाताभित्र अस्पतालकै कर्मचारी समेतको संलग्नतामा पैसा लिएर स्वाव संकलन भएको भन्दै विरोध भएपछि अस्पताल प्रशासनले विज्ञप्ति प्रकाशित गरेको थियो । अस्पतालले घटनाको छानबिन गर्ने बताएको छ। (श्क्लागण्डकी एफ् एम् )








