कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु, उजाडियो परिवार

  • ख-
  • ख+

कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो ।
परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने अस्पतालमा उपचाररत रहेका छन् ।
संक्रमणका कारण आमा बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको आफन्त न्यौपानेले बताए ।

‘कोराना संक्रमणबाट चार दिनको अन्तरालमा परिवारका तिन सदस्यले मृत्युवरण गर्नु प¥यो’ आमा,बुबाको मृत्यु हुदा छोराले दागबत्ती समेत दिन पाएनन्’आफन्त र छिरछिमेकले अन्त्येष्टिमा सहभागी भएका छौ,’ उनले भने । कोरोनाले ढुंगाना परिवारको घर नै उजाडिदिएको उनले बताए । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?