अस्पतालको आईसियुबाट सहयोगको अपिल

  • ख-
  • ख+

प्रीति श्रेष्ठ । तनहूँ । टाउकोमा जुकाले अण्डा पारेपछि लामो समयदेखि बिरामी परेका लम्जुगं जिल्ला मध्यनेपाल नगरपालिका वडा नं.४ दुईपिप्लेका शुरेश परियारका दाजु शिव बहादुर दर्जीले भाईलाई बचाउनको लागि सहयोगको अपिल गरेका छन् । उन्ले आफ्नो कान्छो भाई सुरेश टाउकोमा समस्या आएकोले एकसातादेखि पोखरास्थित फेवासिटी अस्पतालको आईसियु कक्षमा उपचार गराउँदै आएको र अवस्था सुधारोन्मूख भएपनि छिट्टै निको हुने अवस्था नेदेखिएको हुँदा उन्को परिवार आर्थिक रुपमा पनि चिन्तित छ । देशभर चाडवाडको खुशीयाली मनाईरहँदा परिवार गहिरो आर्थिक तथा मानसिक दुःखमा बाँचेको छ । अहिलेसम्म हाम्रो क्षमताले सक्ने सम्मको उपचार खर्च गर्दै आयौं तर दैनिक महँगो शुल्क तिरेर उपचार गराउनु पर्ने वाध्यताले आर्थिक बोझ समेत धान्न नसक्ने गरी बढ्दै गएको छ। अबको निकै कठिन हुदै गईरहेकोले यस दुःखको यस घडीमा ईष्ट्रमित्र, साथीभाइ, छरछिमेक, शुभेच्छुक, शुभचिन्तक र मनकारी महानुभावहरुले ७ बर्षिय छोरीका पिता शुरेश परियारलाई बचाउन उपचार खर्चका लागि आ आफ्नो इच्छा र अवस्थानुसार आर्थिक सहयोग जुटाईदिनु हुन हाम्रो परिवार हार्दिक अपिल गर्दछौं, विरामी शुरेशका दाजु लोक गायकशिबबहादुर दर्जीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
हयोग गर्न चाहने महानुभावहरुले शुरेश परियारका दाजु शिवबहादुर दर्जीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खाता नं ११५०१०००४१०५३०१० मा वा सिधै फेवासिटी अस्पतालमा वहाँहरुलाई भेटेर पनि सहयोग गर्न सक्नुहुनेछ। साथै शिबबहादुर दर्जीलाई मोवाईल नम्बर ९८६४५८९८८० मा पनि सम्पर्क गर्न पनि सकिनेछ । निर्माण सम्बन्धि काम गर्ने शुरेश विगत १ हप्तादेखि पोखराको फेवासिटी अस्पतालको आईसियुमा उपचाररत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्